२०७४ भाद्र २० गते

सिटिजन्स बैंकको ६१ औं शाखा नवलपरासीको भूमहीमा 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६१औं शाखा नवलपरासीको भूमहीमा समुद्घाटन गरेको छ । सोमबार यस बैंकका नायब कार्यकारी अधिकृत गणेश राज पोखरेलले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरे । उक्त समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । 

६१ शाखाबाहेक सिटिजन्स बैंकले ५९ वटा एटिएम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट झन्डै ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै आफ्ना ग्राहकहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम भिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 

उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकका नायब कार्यकारी अधिकृतले वाकवाणि माध्यमिक विद्यालयलाई सहयोग स्वरुप १ थान कम्प्यूटर हस्तान्तरण गरे । उक्त समारोहमा रामनगर बजार विकास समितिलाई १५ थान डस्टबीन पनि उपलब्ध गराईएको बैंकले जानकारी दिएको छ । उक्त डस्टबीनको प्रगोगले भुमही बजारको सुन्दरता कायम हुने विश्वास भुमही शाखाका प्रबन्धक मधु खनालले जानकाव्यक्त गरे ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।