लक्ष्मी बैंक लिमिटेड चरीकोट शाखाले भिमेश्वर न.पा. वडा नं. २ स्थित चम्पुजा हरियाली पार्कमा वृक्षारोपण गरेको छ । बैंकले आइतबार लक्ष्मी केयरस् (लक्ष्मी बैंकका कर्मचारी द्वारा सञ्चालीत, गैर सरकारी संस्था) संगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बैंकका ग्राहकवर्ग, कर्मचारी तथा नगरपालिकाका विशिष्ट व्यक्तिहरु र अन्य शुभेच्छुकहरुको उल्लेखनिय मात्रामा सहभागीता रहेको थियो ।
लक्ष्मी बैंकका ६९ शाखा संजाल, ३ हस्पिटल सेवा काउन्टर, ९० एटिएम, २५०० भन्दा बढि रेमिट्यास र ४०० भन्दा बढि मोबाईल बैकिंङ्ग एजेन्टहरु छन् । बैंकले सात सय भन्दा बढी कर्मचारी मार्फत ३७ जिल्लामा आफ्नो सेवा पुर्याएको छ । यस भौतिक उपस्थितिका अतिरिक्त लक्ष्मी बैंक विद्युतिय बैंकिङ्ग सेवा प्रवाहको प्रवर्तकको रुपमा समेत कार्य गर्न सक्षम भएको छ ।


