२०७४ भाद्र १८ गते

ग्लोबल आइएमई बैंकमा ‘साना तथा मझौला व्यवसायी कर्जा’ तीन दिनभित्रै

ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा तीन दिन भित्र उपलब्ध गराउने भएको छ । कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा ग्राहकलाई छिटो छरितो रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला प्रदान गर्ने र उत्पादनशीलतामा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयाबधि घटाएको हो । अव उक्त कर्जा लिन चाहने व्यक्तिले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिन भित्रमा नै कर्जा प्राप्त गर्न सक्नेछ ।

लक्षित ग्राहकहरुले यो कर्जा सुबिधा नेपाल भरी फैलिएका ग्लोबल आइएमई बैंकका ११२ वटा शाखाहरु मार्फत छिटो छरितो रुपमा उपभोग गर्न सक्नेछन् । यस सेवा अन्तर्गत आफ्नो ब्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना ब्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा रु ५ लाख देखि देखि रु ५ करोड सम्म ऋण उपलब्ध गराईने बैंकले जनाएको छ ।