नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंक लिमिटेडले बाढीपिडीत महिला तथा बालबालिकालाई सहयोग गरेको छ । आफनो ११ औं बार्षिकोत्सवको अवसर पारेर बैंकले बाढीबाट प्रभावित बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नंं २ का करीब १२० जना सुत्केरी महिला तथा बालबालिकालाई दैनिक आवश्यक पर्ने पोषणयुक्त खानेकुरा, लत्ताकपडा, तथा ओछ्याउने, ओढने लगायतका विविध सामाग्रीहरु वितरण गरेको हो । गाउँपालिकाको समन्वयमा भार्गव विकास बैंक र विशाल ग्रुप फाउण्डेशनको संयुक्त आर्थिक सहयोगमा उक्त सामान वितरण गरिएको बताइएको छ ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत पुस्कर राज जोशी, गाउँपालिकाका वडा नं. २ का अध्यक्ष मदन वली, पत्रकार, स्थानीय बुद्धिजिवि, बैंकका कर्मचारीहरु र स्वास्थ्य स्वयम्सेविकाको उपस्थित रहेको थियो ।
बैंकले बार्षिकोत्सवको अवसरमा नेपालगञ्ज बजारको वि.पी. चोकदेखि धम्बोझी चोकसम्म बृहत सरसफाई एवं नेपालगञ्जका १२ वटा चोकमा फोहोर फाल्ने डस्टिबिन वितरण समेत गरेको छ ।