Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

सानिमा बैंकले ल्यायो नयाँ कार्ड योजना

२०७४ भाद्र १६ गते

सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको लागि मासिक तीन वटा निशुल्क एटिएम कारोबारको नयाँ कार्ड योजना सुरुवात गरेको छ । यो योजनामा ग्राहकहरुले सानिमाको भिसा डोमेस्टीक डेबिट कार्ड प्रयोग गर्दा नेपालभरि सानिमा सहित अन्य करिब ७३६ एटिएममा निशुल्क कारोबार गर्न सक्नेछन् ।

यो योजनाअन्तर्गत करिब २० वटा बैंकका एटिएममा कारोबार निशुल्क हुने बताइएको छ । ग्राहकहरुले यी बैंकहरुको सुची सानिमा बैंकको वेव साइट तथा शाखाहरुबाट प्राप्त गर्न सकिनेछ । 

यो योजनाले एटिएम कारोबारको पहुच वृद्धिमा सहयोग पुर्याउने बैंकको विश्वास छ ।