सिद्धार्थ बैंकले काठमाडौँको जोरपाटी र कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । भाद्र १५ गते बिहीवार एक विशेष समारोहका बीच जोरपाटी र कुलेश्वर शाखा कार्यालयहरुकोे औपचारिक उद्घाटन गरेको बैंकले जनाएको छ । सो शाखाहरुकोे उद्घाटन बैंकका अध्यक्ष मनोज कुमार केडियाले गरेका थिए । बैंकको सो शाखा कार्यालयहरु मार्फत सम्पुर्ण बैंकिङ सेवाका साथमा एटिएम सेवा पनि उपलब्ध हुने बताइएको छ ।
यस शाखा समेत बैंकले देशभरि रहेका आफ्ना ७७ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटिएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ५०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।