Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रिया आइएमईको पाँच लाख

२०७४ भाद्र १३ गते

साउन अन्तिम साताको अविरल बर्षाले नेपालको तराईका विभिन्न जिल्लामा पुर्याएको जनधनको क्षतिबाट प्रभावित परिवारको तत्काल राहत तथा पुनः स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मलेसियास्थित रिया आइएमईले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

रिया आइएमईका प्रमुख कार्यकारी अधिकृत स्पेन क्रिस्टेनसेनले नेपाली दुतावास मलेसियाका महामहिम राजदुत डा. निरन्जनमान सिंह बस्न्यातलाई हिजो मलेसियास्थित नेपाली दुतावासमा भेटि उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।