Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नाडा अटो शोमा आउनेलाई पूर्वस्वीकृत अटो लोन दिने सिभिल बैंकको योजना

२०७४ भाद्र १३ गते

सिभिल बैंक लिमिटेडले नाडा अटो शोमा आउने सबै ग्राहकहरुलाई पूर्व स्वीकृत अटो लोन सुविधा प्रदान गर्ने भएको छ । बैंकले आफ्नो बेस रेटमा शुन्य प्रतिशत प्रिमियम जोडी बेस रेटमा नै सो अटो लोन सुविधा प्रदान गर्न लागेको हो । अब ग्राहकहरुले आफ्नो छनौटको गाडी चढ्दा ऋण पाउने हो की होईन भन्ने अन्यौलताबाट मुक्ति पाउन यो योजना प्रदान गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए । यो योजना सिमित अवधिको लागि प्रदान गरिने बैंकले जनाएको छ ।