Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी बैंकको नयाँ शाखा कमलामाईमा 

२०७४ भाद्र १२ गते

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सोमबार सिन्धुलीको, १ नं बजार, कमलामाईमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । यसं जिल्लामा बैंकको यो पहिलो शाखा हो । 

यससँगै लक्ष्मी बैंकको शाखा संजाल ६९ पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनिव्यापक बनाउने विश्वास राखेको छ । साथमा बैंकले ३ हस्पिटल सेवा काउन्टर, ९० ए टि एम, २५०० भन्दा बढि रेमिट्यान्स र चार सयभन्दा बढि मोबाईल एजेन्टहरुमार्फत सेवा दिइरहेको छ ।  

नयाँ शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ । 

Ad