२०७४ भाद्र १२ गते

सानिमा बैंक र पाटन हस्पिटलबीच सम्झौता

सानिमा बैंक लिमिटेड र पाटन हस्पिटलबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले उपचारका लागि प्रत्येक महिलालाई २० हजार रुपैयाँसम्म एक पटकका लागि नबढ्ने गरी सहयोग उपलब्घ गराउनेछ । 

सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक एक रुपैयाँका दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त जम्मा भएको रकम नारी उत्थानका लागि खर्च गर्ने लक्ष्य अन्तर्गत बैंकले पाटन हस्पिटलसँग यो सम्झौता गरेको हो । 

उक्त सम्झौतामा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र पाटन हस्पिटलका तर्फबाट हस्पिटल निर्देशक डा. बिष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।