२०७४ भाद्र १२ गते

आईएमईले ल्यायो छक्का-पञ्जा योजना

स्थापनादेखि नै चाडवाडलाई लक्षित गरी विभिन्न सेवाग्राहीमूखी प्रवद्र्धनात्मक क्रियाकलाप संचालन गर्दै आईरहेको आईएमई लिमिटेडले यसपटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आईएमई छक्का–पञ्जा’ अफर सार्वजनिक गरेको छ । भाद्र १२ गतेदेखि मङ्गसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी हुन सक्नेछन्् । 

योजना अन्तर्गत योजना अवधिभर दैनिक लक्की ड्र बाट छनौट हुने ६० जनालाई १०० रुपैँया बराबरको आईएमई पे क्यास, हरेक पन्ध्र/पन्ध्र दिनमा १/१ जना भाग्यशाली सेवाग्राहीलाई ६ लाखको जीवन बीमा र हरेक छ/छ हप्तामा १/१ जना भाग्यशाली सेवाग्राहीलाई १० लाख रुपैँया नगद प्रदान गरिनेछ । यस योजना अन्तर्गत अन्तर्राष्ट्रिय/आन्तरिक कारोबारको हकमा पैसा पठाउनुहुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा विजेता छानिनेछन् । अन्तर्राष्ट्रिय कारोबारको हकमा विजेताले इच्छाएको नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार प्रदान गरिनेछ ।

जीवन बीमा प्राप्त गर्ने विजेताले सम्बन्धित बीमा कम्पनीद्वारा निर्धारित नियम तथा शर्तहरु पालना गर्नुपर्नेछ । आईएमईका जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेका भौचर कपी योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । नेपाल सरकारको नियमानुसार लाग्ने कर सेवाग्राहीले उपहार ग्रहण गर्नुपूर्व नै भुक्तान गर्नुपर्नेछ । योजनाको सर्वाधिकार यस कम्पनीमा निहित हुनेछ ।

यस योजनामा आईएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नेछन् । यद्यपी, आईएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् ।