२०७४ भाद्र ११ गते

‘अन्तर्राष्ट्रिय बैकिङ प्रणालीका मान्यताहरु’ विषयक अन्तरक्रिया सम्पन्न

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराको आयोजनामा ‘अन्तर्राष्ट्रिय बैकिङ प्रणालीका मान्यताहरु’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका मुख्य स्रोत व्यक्ति भारतीय बैकिङ क्षेत्रका विज्ञ प्राध्यापक मुकुल भाटियाले विश्वको बैकिङ प्रणाली र यसका आधारभूत मान्यताका बारेमा सहजिकरण गरेका थिए । उक्त अवसरमा बोल्दै प्राध्यापक मुकुल भाटियाले प्रविधिको उपयोग गर्दै ग्राहकमैत्री बितिय सेवा प्रदान गरी शाखा सञ्जाल बिस्तार गर्न सके बैंकहरु प्रतिस्पर्धामा जान सक्ने बताए । 

कलेज व्यवस्थापन समितिका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा आयोजित कार्यक्रममा पोखराका विभिन्न बैंक बितिय संस्थाका प्रमुख, प्रबन्धक कलेजका प्राध्यापक,संचारकर्मी, विद्यार्थी लगायत ५० जनाको सहभागीता रहेको कलेजका प्रिन्सिपल राधाकृष्ण अधिकारीले जानकारी दिए । 

कार्यक्रममा कलेजका सहप्राध्यापक जसबहादुर गुरुङ, कलेजका बिबिए तथा बिबिए–बिआईका कार्यक्रम संयोजक हरिहर पौडेल, बैंकर रविचन्द्र गुरुङ लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

नेपालकै पहिलो यस नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले हाल बिएचएम, बिबिए, र बिबिए बिआई शिक्षा प्रदान गरिरहेको कलेजका अध्यक्ष अशोक पालिखेले बताए ।