Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

मञ्जुश्री फाइनान्सको ११औँ शाखा आदर्शनगरमा

२०७४ भाद्र ११ गते

मञ्जुश्री फाईनान्स लिमिटेडले आफ्नो एघारौ शाखा कार्यालय पर्सा जिल्लाको विरगञ्जस्थित आदर्शनगरमा विस्तार गरेको छ । मञ्जुश्री फाईनान्स लिमिटेडका सञ्चालक समितिका सदस्यहरु कमलकुमार वेगानी तथा चिन्तामणि गौतमले संंयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरे । काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरीे, बिराटनगर, नेपालगञ्ज, धरान तथा पोखरामा शाखाहरु रहेका छन् । 

चुक्ता पूँजी  ७२ करोड ४३ लाख ७८ हजार पाँच सय रुपैयाँ रहेको राष्ट्रिय स्तरको यस फाइनान्सले हालसम्म चार खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ८९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । यसका साथै यस फाइनान्सले विप्रेशण, एटीएम सेवा लगायत निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।