२०७४ भाद्र ११ गते

मुक्तिनाथ विकास बैंक वीरगञ्ज शाखाद्धारा बाढीपीडितलाई राहत वितरण

मुक्तिनाथ विकास बैंक लिमिटडेको वीरगञ्ज शाखाले बाढी प्रभावित १०५ घरधुरीमा राहत वितरण गरेको छ । बैंकको एक टोलिले शनिबार पर्सा जिल्ला जगरनाथपुर गाउपालिका स्थित मधुवाह गा.वि.स. का बाढीप्रभावित बस्तीका १०५ घरधुरीमा प्राकृतिक प्रकोपबाट हुन सक्ने डेंगु जस्ता घातक रोग र सर्पहरुको बिगबिगीबाट सुरक्षित रहनको निम्ति राहत वितरण गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर उक्त राहत वितरण गरेको जनाएको छ । 

राहत वितरण कार्यक्रममा बैंकका शाखा प्रबन्धक हरी कृष्ण पौडेल, लघुवित्त डेस्क प्रमुख उमानाथ बि.क., कर्जा विभागको तर्फबाटसबिर अलि र हेम बहादुर कुँवर क्षेत्री, संचालन विभागबाट श्री बिकाश बैठा, लघुवित्त बिभागबाट विजय गुप्ता, बिशाल सर्राफ र कार्यलय सहयोगी उमेश चौधरी तथा उक्त गा.वि.स. का अगुवा व्यक्तित्व एवं समाजसेवीहरुको सहभागिता रहेको थियो ।