नेपाल राष्ट्र बैंक मंगलबारबाट आफ्नो स्थापनाको ६० वर्ष पूरा गरी ६१ औँ वर्षमा प्रवेश गरेको छ । आफ्नो वार्षिकोत्सवलाई राष्ट्र बैँकले भव्यताका साथ मनाउँदै छ । स्थापना दिवसको अवसर पारेर राष्ट्र बैंकले प्रथम गभर्नर हिमालय शमसेर जंग बहादुर राणालाई अभिनन्दन गर्दैछ भने सबै पूर्व गभर्नरहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । मंगलबार ३ बजे औपचारिक रुपमा सुरु हुने कार्यक्रमका लागि सोमबारदेखि नै तयारी भइरहेको छ । यस्तो छ, नेपाल राष्ट्र बैँकको वार्षिकोत्सवको तयारी (फोटोफिचर)