पोखरा–लेखनाथ महानगरपालिका–९ स्थित नेपाल बैंक लिमिटेडको पृथ्वीचोक शाखामा बिहीबार आगलागी भएको छ । विद्युत् सर्ट भई बिहीबार राति १० बजेतिर आगलागी भएको हो ।
विद्युत् सर्ट भई शाखाको काउन्टरबाट आगलागी शुरु भएको बैंकका पृथ्वी चोक शाखाका एक कर्मचारीले बताए । ती कर्मचारीले दिएको जानकारी अनुसार बैंकका सुरक्षा गार्डले देखेपछि आगलागी भएको तुरुन्तै महानगरपालिकाको दमकललाई खबर गरेका थिए । समयमा नै दमकललाई खबर भएकाले करिब १ घण्टामा नै आगलागी नियन्त्रणमा आएको थियो । आगलागीबाट केहि कागजात जले पनि महत्वपूर्ण सामाग्रीहरु नष्ट हुनबाट जोगिएको छ ।