२०७४ भाद्र ८ गते

सिर्जना फाइनान्सको नयाँ शाखा कटहरीमा

सिर्जना फाइनान्स लिमिटेडले मोरङको कटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार एक समारोहकाबीच जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डल र फाइनान्सका सञ्चालक डा प्रमोदकुमार झाले नयाँ शाखाको शुभारम्भ गरे । मोरङ, सुनसरी र सप्तरी गरी तीन जिल्ला कार्य क्षेत्र भएको यस फाइनान्सको अब कटहरीसमेत गरी १९ वटा शाखा सञ्चालनमा आएको छ ।
शाखा उद्घाटन कार्यक्रममा सिर्जना फाइनान्सका कार्यकारी प्रमुख भवानीशंकर चापागाईंले फाइनान्सले २गत आर्थिक बर्षमा निक्षेप तीन अर्ब ३६ करोड ?पैयाँ संकलन गरी रु दुई अर्ब ७२ करोड कर्जा लगानी गरेको बताए ।