Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

सेञ्चुरी कमर्सियल बैंकको विशेष साधरणसभा भदौ २३ गते

२०७४ भाद्र ८ गते

सेती फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने निर्णय पारित गर्न सेञ्चुरी कमर्सियल बैंकको विशेष साधारणसभा बस्ने भएको छ । बैंकले आगामी २३ गतेका लागि विशेष साधारणसभा गर्ने मिति तय गरेको हो ।

विशेष साधरणसभाका लागि बैंकको शेयर पुस्तिका भदौ १५ गतेदेखि २३ गतेसम्म बन्द रहने भएको छ । सेञ्चुरीको एक्विजिसन समितिले निर्धारण गरेको सेञ्चुरीको सय बराबर अल्पाइनको ९३ कित्ता त्यस्तै, सेञ्चुरीको सय बराबर सेतीको ७० कित्ता अनुपातको शेयर स्वाप रेसियोको प्रस्तावलाई साधारणसभाले अनुमोदन गर्नेछ ।