प्रभु ग्रुपले बाढीप्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । बैंकले मंलबारदेखि बाढीप्रभावित जिल्ला सप्तरीको मैनाकेरारी गाउँपालिका–२ मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।
प्रभुले शिविर सञ्चालन गरेपछि अहिले स्वास्थ्य परिक्षणमा सयौँको संख्यामा सप्तरीका बाढीप्रभावितहरु सहभाी छन् । बाढी प्रभावित जिल्ला सप्तरीमा निःशुल्क स्वास्थ्य शिविर शिविर सञ्चालनका लागि जिल्ला जनस्वास्थ कार्यालय सप्तरी राजविराज र जिल्ला प्रशासन कार्यालय सप्तरीले प्रभु ग्रुपलाई सहायता गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने तथा बाढी प्रकोपबाट विभिन्न रोगहरु लाग्ने खतरा रहेकाले त्यस्तो खतराबाट बच्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको आयोजक प्रभु ग्रुपले जनाएको छ । स्वास्थ्य शिविरमा जनरल फिजिशियनद्वय डा. सुवास श्रेष्ठ र डा. सजनी डंगोल, नर्सहरु सुनिती राउत र संगिता कार्की साथै फार्मेसी एसिस्टेन्ट सुरुची राउत खटिरहेका छन् ।
३ दिनसम्म चल्ने स्वास्थ्य शिविरको पहिलो दिन मंगलबार १ हजार ७ सयले स्वास्थ्य परिक्षण गराएर लाभ लिएका छन् । शिविरमा बाढी प्रभावित स्थानीयको स्वास्थ्य परिक्षणका साथै आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरिएको छ ।