२०७४ भाद्र ५ गते

सिद्धार्थ बैंकको शाखा प्युठानको जुम्रीमा

सिद्धार्थ बैंकले भाद्र ५ गते सोमबार प्युठानको जुम्रीमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सो शाखा कार्यालय मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ ।

हालै सञ्चालनमा आएको नयाँ शाखासहित बैंकको कुल शाखा संख्या ७६ पुगेको छ । यसका अलावा बैंकले २ एक्स्टेन्सन् काउन्टर, ९८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ४५० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।