सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षमा ४४ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आठ दशमलव २१ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा ४१ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
पाँच अर्ब ४६ करोड ६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा एक अर्ब १८ करोड ७७ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ४७ दशमलव ०३ प्रतिशतले वृद्धि गरी ४२ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ३९ अर्ब ५० करोड ७७ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै बैंकको खुद व्याज आम्दानी २९ दशमलव ५३ प्रतिशतले बढेर एक अर्ब १३ करोड ९६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १६ दशमलव ८७ प्रतिशतले बढेर ६८ करोड ४१ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा तीन करोड ९१ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले १७ करोड ७३ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ ।
बैंकको प्रतिसेयर आम्दानी आठ दशमलव २० रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३५ दशमलव ३९ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २१ दशमलव ७५ रुपैयाँ र तरलता अनुपात २२ दशमलव २३ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा एक दशमलव १५ प्रतिशत रहेको छ ।