Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाल राष्ट्र बैँक : आजबाट ६१ वर्षमा

admin २०७३ बैशाख १४ गते
सेयर:

nepal rastra bank 1नेपाल राष्ट्र बैंक मंगलबार (आज) देखि आफ्नो स्थापनाको ६१ औं बर्षमा प्रवेश गरेको छ ।नेपाल राष्ट्र बैंक तत्कालीन राष्ट्र बैंक ऐन, २०१२ अनुसार २०१३ साल वैशाख १४ गते स्थापना भएको हो । नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक भएकोले यसले मूलतः मुलुकको मौद्रिक प्रणालीलाई सञ्चालन र नियमन गर्दछ । यसैले केन्द्रीय बैंकलाई मौद्रिक अधिकार र नियामक संस्था पनि भन्ने गरिएको छ । नेपाल राष्ट्र बैंकले नेपाली मुद्राको व्यवस्थापन गर्ने, नीतिको सञ्चालन गर्ने, सरकारको बैंक तथा बैंकहरुको बैंकका रुपमा भुमिका निर्वाह गर्ने गर्दछ । हरेक मुलुकमा एउटा मात्र केन्द्रीय बैंक रहन्छ जसको अर्थ कुनै पनि मुलुकको मौद्रिक प्रणालीको नियामक तथा सुपरिवेक्षकीय निकाय हो । नेपाल राष्ट्र बैंक स्थापना हुनुभन्दा अघि २००२ सालमा सदर मुलुकी खानाबाट नेपाली नोट निष्काशन गरिएको थियो । 

राष्ट्र बैंक ऐन २०१२ अनुसार नेपाल राष्ट्र बैंक स्थापनाका उद्देश्यहरु निम्नानुसार छन् :
नेपाली नोट निष्काशनको व्यवस्था गरी अधिराज्यभर नेपाली मुद्रा चलनचल्तीमा ल्याउन सुव्यवस्था मिलाउनु, 
 नेपाली मुद्राको विनिमय दरमा स्थिरता कायम राख्नु, 
 विकासको निमित्त पूँजीलाई गतिशील बनाई राज्यको उद्योग धन्दालाई समेत प्रोत्साहन दिनु, 
 नेपालमा बैंक प्रथाको विकास गराउनु ।

दुरदृष्टि, आधुनिक, गतिशील, विश्वसनीय एवम् केन्द्रीय बैंकका लक्ष्य–सबल तथा प्रभावकारी बनाउन, मौद्रिक विदेशी विनिमय एवम् वित्तीय क्षेत्र नीतिहरुका माध्यमबाट समग्र आर्थिक स्थिरता कायम राख्ने समयको परिवर्तनसँगै यस बैंकका उद्देश्यहरुमा पुनरावलोकन गर्नुपर्ने कुरालाई दृष्टिगत गरी नयाँ नेपाल राष्ट्र बैंक ऐन, २०५८ कार्यान्वयनमा ल्याइयो र अहिले नेपाल राष्ट्र बैंकका काम कारबाही यसै ऐनबाट निर्दिष्ट हुने गरेका छन् । यस ऐनमा वित्तिय क्षेत्र स्थायित्व सहित समग्रमा आर्थिक स्थायित्व कायम गर्ने उद्धेश्यलाई प्राथमिकतामा राखिएको छ । अहिले नेपाल राष्ट्र बैंकका उद्येश्यलाई मूल्य स्थायित्व कायम गर्नका लागि मौद्रिक नीति निर्माण र  कार्यान्वयन शोधनान्तर स्थायित्वका लागि विदेशी विनिमय नीति निर्माण र कार्यान्वयन, वित्तीय क्षेत्र स्थायित्वका लागि वित्तीय क्षेत्रको नियमन, निरीक्षण, सुपरिवेक्षण, वित्तिय क्षेत्रमा आवश्यक तरलताको प्रवद्र्धन, सुरक्षित एवम् व्यवस्थित भुक्तानी प्रणाली प्रवद्र्धन गर्ने रहेका छन् ।

नेपाल राष्ट्र बैंकका उद्देश्यहरु :
१. अर्थतन्त्रको दिगो विकासको निमित्त मुल्य र शोधनान्तर स्थिरता कायम गर्नको लागि आवश्यक मौदि«क तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने,
२. बैंकिङ तथा वित्तीय क्षेत्रका स्थायित्व र आवश्यक तरलतालाई प्रर्वद्धन गर्ने,
३. सुरक्षित, स्वस्थ्य तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने,
४. बैंकिङ तथा वित्तीय प्रणालीको नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन 
   गर्ने,
५. नेपाल अधिराज्यको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको सम्बद्र्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने ।

यी उद्धेश्य हासिल गर्न बैंकलाई सोही ऐनले नेपाली नोट तथा सिक्का निष्कासन र व्यवस्थापन गर्ने, मौदि«क नीति तर्जुमा र कार्यान्वयन गर्ने, विदेशी विनिमय नीति निर्माण गर्ने र विदेशी विनिमय सञ्चिति व्यवस्थापन र सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थालाई इजाजतपत्र दिनुका साथै तिनलाई नियमन– सुपरिवेक्षण गर्ने, सरकारको बैंकका रुपमा कार्य गर्ने, बैंक  तथा वित्तीय संस्थालाई आवश्यक पर्दा कर्जा प्रदान गर्ने, भुक्तानी प्रणाली र हिसाब मिलान पद्धतिलाई नियमन तथा व्यवस्थित गर्ने लगायतका कार्यभार प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंकका काम, कर्तव्य र अधिकारहरु :
१. बैंक नोट तथा सिक्का निष्काशन र व्यवस्थापन गर्ने,
२. मौद्रिक नीति तर्जुमा  गर्ने र सो नीति कार्यान्वयन गर्ने, गराउने, 
३. विदेशी विनिमय नीति निर्माण गर्ने र सो नीति कार्यान्वयन गर्ने गराउने,
४. विनिमय पद्धति निर्धारण गर्ने,
५. विदेशी विनिमय संचितिको व्यवस्थापन र संञ्चालन गर्ने, 
६. बैंक तथा वित्तीय संस्थालाई वित्तीय कारोबार गर्न अनुमति दिने र त्यस्तो कारोबार कानुन बमोजिम भए वा नभएको सम्बन्धमा नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने,
७. नेपाल सरकारको बैंकर सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा कार्य गर्ने,
८. वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने,
९. भुक्तानी, फछ्र्यौट (क्लियरिङ) तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतिको स्थापना तथा प्रवद्र्धन गरी सो कार्यलाई नियमित गर्ने, 
१०. बैंकका निर्धा्रित उद्धेश्य हासिल गर्नको निमित्त बैंकले गर्नुपर्ने अन्य आवश्यक कार्यहरु कार्यान्वयन गर्ने, गराउने ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।