लुम्बिनी बिकास बैंक लिमिटेडले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब इन्टरनेसनल तथा स्थानिय सामाजिक संस्थाहरुसँगको सहकार्यमा टोखानगरपालिका, वडा नं ६ स्थित विकास बैंकको टोखा शाखा कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रममा बैैंकका कर्मचारी बर्ग, क्लबका सदस्यहरु, सामाजिक संस्थाका प्रतिनिधीहरु एवं स्थानिय ब्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रममा ७० जना दाताहरुले रक्तदान गरेका थिए ।
विकास बैंकले यस कार्यलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत लिएको र आगामी दिनहरुमा समेत यस्ता प्रकारका सामाजिक कार्य गर्दै जाने जनाएको छ ।