२०७४ भाद्र २ गते

सर्लाहीको हरिपुरमा नेपाल बैंक 

नेपाल बैक लिमिटेडले सर्लाही जिल्लाको हरिपुरमा शाखा पुनःस्थापना गरेको छ । बैंकको १३३औँ शाखाको  स्थानीय समाजसेवी माधव सरकारले एक विशेष समारोहका बीच शुभारम्भ गरे ।

नेपाल बैंकको यस पुनःस्थापित शाखाका प्रबन्धक पनिलाल साहको सभापतित्वमा आयोजित उक्त समारोहमा ग्रामीण उत्थान समितिका यादव सरकार ,नेपाल बैक लिमिटेड सिटि अफिस् मलंगवाका प्रवन्धक उमाशंकर प्रसाद केसरी, मलंगवा नगरपालिकाका प्रतिनिधि लगायतको mउपस्थिती रहेको थियो । 

तत्कालीन सशस्त्र संघर्षको कारण मिति २०५९ कार्तिक २७ गते उक्त शाखा वन्द भएको थियो । 

देशका ५३ जिल्लामा १३३ शाखा कार्यालय ८ एक्सटेन्सन काउन्टरको कार्य संजालमार्फत जनतालाई ईबैंकिङ मोवाईलबैंकिङ लगायतका अनलाईन बैंकिङ सेवा उपलव्ध गराईरहेको यस बैंकका ५३ स्थानमा आफ्नै एटिएम सेवा विन्दु (आउटलेट्) रहेका छन् । बैंकले यस अवधिमा ९३ अर्ब ९४ करोड निक्षेप संकलन गरी ७४ अर्ब ३७ करोड कर्जा प्रवाह गरेको छ ।