अविरल वर्षाको कारण देशका विभिन्न भागमा गएको बाढी, पहिरोवाट पिडीतहरुलाई राहत स्वरुप नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेड वुटवलले दुई लाख २३ हजार रुपैयाँको सहयोग प्रदान गरेको छ । बैंकको तर्फबाट एक लाख ५० हजार रुपैयाँ, कर्मचारीहरुको एक दिन बराबरको तलब भत्ताबाट ५१ हजार रुपैयाँ र बैंकका संचालकहरुको तर्फबाट २२ हजार रुपैयाँ गरी संकलित उक्त रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सिधै जम्मा हुने गरी बैंक संचालक समितिका अध्यक्ष पशुपति घिमिरेले रुपन्देही जिल्ला प्रशासन कार्यालय, भैरहवामा पुगि सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलाई हस्तान्तरण गरे ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बाढी पिडीतहरुका लागि उक्त सहयोग गरिएको र भविष्यमा पनि यस्ता सहयोगहरु निरन्तर रुपमा गरीने बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बताए ।


