तीनवटा बाणिज्य बैंकमा रोजगारीको अबसर छ । यी तीन प्रतिष्ठित बैंकमा धेरै जनालाई रोजगारी खुलेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा जागीर खुलेको छ । बैंकले अफिसर र मेनेजमेन्ट ट्रेनी तहमा कर्मचारी नियुक्त गर्न लागेको हो । अफिसर लेभलका लागि दुई देखि तीन वर्ष कमर्सियल बैंकमा काम गरेको अनुभव मागेको बैंकले मेनेजमेन्ट ट्रेनीका लागि अनुभव मागेको छैन ।
अनलाइनबाट आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.nibl.com.np/index.php?option=com_wrapper&view=wrapper&Itemid=134
त्यसैगरी मेगा बैंक नेपाल लिमिटेडले १६७ जना कर्मचारी माग गरेको छ । बैंकले एसिस्टेन्ट लेभलमा सबैभन्दा धेरै कर्मचारी नियुक्त गर्न लागेको छ । ९६ जना एसिस्टेन्ट लेभलका कर्मचारी माग गरेको बैंकले अफिसर लेभलमा ५२ जना र मेनेजर लेभलमा १९ जनाको दरखास्त आह्वान गरेको छ । सबै पदका लागि बैंकले अनुभव मागेको छ । छनौट भएका कर्मचारीलाई बैंकले केन्द्रीय कार्यालयसहित विद्यमान शाखाहरु तथा आगामी दिनमा संचालनमा आउन लागेका शाखा कार्यालयहरुमा नियुक्त गर्नेछ । जागीरका लागि एप्लाई गर्ने म्याद भदौ ७ गतेसम्म रहेको छ ।
थप जानकारीका लागि तथा अनलाइन आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://www.megabanknepal.com/jobs/detail/6/mega-career-opportunities-09-aug-2017
त्यसैगरी सानिमा बैंक लिमिटेडले विभिन्न छ पदमा कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित केही शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो । सबै पदका लागि बैंकले अनुभव मागेको छ । आवेदन दिने म्याद १९ अगस्टसम्म रहेको छ ।
थप जानकारीको लागि तथा अनलाइन आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् :