२०७४ श्रावण ३१ गते

आइक्यानले सार्वजनिक गर्यो जुन महिनाको परीक्षाफल, ८२ जना बने सीए

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जुन २०१७ मा संचालन गरेको चार्टर्ड एकाउन्टेन्सी CAP I, CAP II र CAP III को परीक्षाफल प्रकाशित भएको छ । जसअनुसार, ४४३ जना परीक्षार्थी सहभागी भएको CAP I को परीक्षामा २८६ जना उतीर्ण भएका छन् । त्यस्तै, १२८७ जना परीक्षार्थी सहभागी भएको CAP II तहमा २५१ जना र अन्तिम तहमा ५३३ जना सहभागी भएकोमा ७३ जना उतीर्ण भएका छन् । 

यसपटकको परीक्षा नतिजाअनुसार ३९ जना परीक्षार्थीहरु चार्टर्ड एकाउन्टेन्ट सदस्यताको लागि योग्य भएको संस्थाले जनाएको छ । त्यसैगरी, संस्थाले जुन महिनामा नै संचालन गरेको चार्टर्ड एकाउन्टेन्ट सदस्यताको परीक्षाको समेत परीक्षाफल प्रकाशित गरेको छ । उक्त परीक्षामा ४३ जना उतीर्ण भएका छन् । समग्रमा संस्थाबाट जुन महिनामा संचालित परीक्षाको नतिजाअनुसार ८२ जना परीक्षार्थीहरु चार्टर्ड एकाउन्टेन्ट सदस्यताको लागि योग्य भएका छन् । 

परीक्षाको नतिजा आइक्यानको वेभसाइटमा हेर्न सकिनेछ ।