Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

६१ औँ वर्षमा राष्ट्र बैंक, प्रथम गभर्नरलाई अभिनन्दन

२०७३ बैशाख १३ गते

rastra bank and himalayaनेपाल राष्ट्र बैंक आगामी मंगलबारबाट ६० वर्ष पूरा गरी ६१ औँ वर्षमा प्रवेश गर्दैछ । आफ्नो ६१ औँ स्थापना दिवशभव्यताका साथ मनाउने राष्ट्र बैंकले तयारी गरेको छ । सो अवसरमा बैंकले प्रथम गभर्नर हिमालय शम्सेर जबरालाई अभिनन्दन गर्ने भएको छ । बैंकले पूर्व गभर्नरहरुलाई सम्मान गर्ने भएको छ । 
६० वर्षयता विभन्न सयममा राष्ट्र बैंकमा सेवा पुर्याएका गभर्नरलाई सम्मान तथा अभिनन्दन गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार प्रथम गभर्नर हिमालयशमशेर ज.ब.रालाई अभिनन्दन गर्नुका साथै विभिन्न समयमा राष्ट्र बैंकमा गभर्नरका रुपमा रही सेवा पुर्याएका गभर्नरहरुलाई राष्ट्र बैंकले सम्मान गर्न लागेको हो । 

नेपालको आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्य सहित केन्द्रिय बैंकका रूपमा नेपाल राष्ट्र बैंक ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते भएको थियो । नेपाल राष्ट्र बैंक वित्तीय संस्थारुको मौद्रिक विनिमायक र प्रक्षेपणको रुपमा रहेको छ । तत्कालिन ऐनको ठाउँमा नयाँ नेपाल राष्ट्र बैंक ऐन २०५८ परिचालन गरी त्यसमा बैंकको स्वायत्तता, स्वतन्त्रता र सुनिश्चिता गरिएको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनियम दर र देशमा रहेको विदेशी मुद्रा भण्डारको संरक्षण, विदेशी मुद्रा नीति नियन्त्रण गर्दछ।

नेपाली अर्थतन्त्रको दिगो विकासको लागि मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रीक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने, बैंकिङ्ग तथा बितीय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्र बैंकको स्थापना भएको हो । त्यस्तै सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने, बैंकिङ्ग तथा वित्तीय प्रणालीको नियमन, निरिक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्नु पनि राष्ट्र बैंकको मुख्य उद्देश्य रहेको छ । नेपाल अधिराज्यको समग्र बैंकिङ्ग तथा वित्तीय प्रणालीको संवद्र्धन गरी त्यसप्रति सर्वसाधारणको विश्वसनियता अभिवृद्धि गर्ने कार्यमा राष्ट्र बैंक सक्रिया रहँदै आएको छ ।