Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सुस्तायो ‘स्टान्डर्ड चार्टर्ड बैंक’ : नाफा बढाउन सकेन, प्रतिसेयर आम्दानीमा गिरावट

२०७४ श्रावण ३० गते

स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा जम्मा ६.९२ प्रतिशत अर्था आठ करोड ९४ लाख रुपैयाँमात्रै बढी नाफा कमाएको हो ।

चुक्तापुँजी बल्ल चार अर्ब ५७ करोड रुपैयाँ पुर्याएको बैंकले यो अवधिमा ६३ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३९ अर्ब २० करोड रुपैयाँ कर्जा तथा १५ अर्ब ७६ करोड लगानी गरेको छ । एफपीओ बिक्रीबाट आएको प्रिमियमले बैंकको जगेडाकोष भने ७१.३६ प्रतिशतले बढेर ८ अर्ब १५ करोड ८८ लाख रुपैयाँ पुगेको छ । बैंकले खुद ब्याज आम्दानीमा पनि १८.६७ प्रतिशत बढोत्तरी गरेर २ अर्ब १९ करोड ५४ लाख ३१ हजार रुपैयाँ पुयाएको छ । खुद ब्याज आम्दानी अघिल्लो वर्ष १ अर्ब ८४ करोड ९८ लाख ७८ हजार रुपैयाँ मात्र थियो ।

बैंकले सम्भावित जोखिमका लागि ३६ करोड १७ लाख २९ हजार रुपैयाँ छुट्याएको छ भने २२ करोड ९९ लाख ७८ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । बैंकको कष्ट अफ फन्ड १.२५ प्रतिशतबाट बढेर ३.०६ प्रतिशत पुगेको छ । बैंकको, कर्जा निक्षेप अनुपात ७२.३४ प्रतिशत छ । निष्कृष्य कर्जा अनुपातलाई शून्य दशमलव १९ प्रतिशतमा झारेको स्टाण्डर्ड चार्टर्ड बैंकले ३६ करोड १७ लाख संम्भावित जोखिम व्यवस्था गर्दा २२ करोड ९९ लाख संम्भावित जोखिम कोषबाट फिर्ता गरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ ३०३.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६६.५२ गुणा रहेको छ । चुक्ता पूँजी वृद्धिको अनुपातमा लगानी बढाउन नसक्दा बैंकको प्रतिसेयर आम्दानीमा अघिल्लो बर्षको तुलनामा ११ रुपैयाँ ४६ पैसाले गिरावट आएर ३४ रुपैयाँ ५० पैसामा झरेको छ । अघिल्लो बर्ष बैंकको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ९६ पैसा रहेको थियो ।