नेपाल ग्रामीण विकास बैकले आफ्नो तेस्रो वार्षिकोत्सवका अवशरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले सामाजिक सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको शुद्धोधन गाउँपालिक–२ भुजौलीमा एक दिवशिय निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको हो ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज टिचिङ्ग हस्पिटल भैरहवाको प्राविधिक सहयोग र बैंकको आयोजनामा भुजौली ईङ्गलिस बोडिङ्ग स्कुलको प्रां¨णमा भएको उक्त स्वास्थ्य शिविरमा स्त्री रोग विशेषेज्ञ, फिजिसियन तथा दन्त रोग विशेषेज्ञहरुद्धारा स्वास्थ्य परिक्षण गरिएको बैंक्ले जनाएको छ । शिविरको उद्घाटन कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले बैंकले लघुवित्त कार्यक्रमका साथ–साथै सामाजिक र रचनात्मक कार्यक्रमहरुको आयोजना गर्दै जाने उदेश्य अनुरुप स्वास्थ्य शिविरको संचालन गरिएको बताए । सो स्वास्थ्य शिविरमा उक्त मेडिकल कलेजका प्रशासकिय अधिकृत तेजबहादुर केशीले आफुहरु सहयोगका लागि हरपल तत्पर रहेको बताउदै नेपाल ग्रामीण विकास बैकका ग्राहक सदस्यहरुलाई भविष्यमा पनि निरन्तर रुपमा स्वास्थ्य सेवामा सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।
शनिवार विहान ८ बजे देखि सा“झ ५ बजे सम्म सञ्चालन भएको उक्त स्वास्थ्य शिविरमा भुजौली र आसपास क्षेत्रका करिव पा“चसय जना महिला, पुरुष, बृद्धबृद्धा तथा बालबालिकाहरुले चेकजा“च गरेका थिए । शिविरमा डा.हर्लिन वाली, डा.शुरेश श्रेष्ठ, डा.चन्द्रिमा कार्की, डा.कृति श्रेष्ठ, डा. आकाश, डा.निलम सुवेदी लगाएको टोलीले शिविरमा स्वास्थ्य चेकजा“च गरेका थिए । बैंकको वार्षिकोत्सव आयोजना सामाजिक सेवा उप–समितिका संयोजक लक्ष्मण अर्यालले आउ“दा दिनमा पनि यस्ता किसिमका सामाजिक कामहरु गर्न आफुहरु अग्रसर हुने बताए ।
यसैगरी बैकले आइतवार विहान प्रधान कार्यालय बुटवलको परिसरमा रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ । मानविय सेवा र धर्मका लागि रक्त दान गर्न सबै अगाडी बढौ भन्ने मूल उदेश्यबाट अभिप्रेरित भई नेपाल ग्रामीण विकास बैंकले आनो तेश्रो वार्षिकोत्सवको उपलक्षमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । उक्त रक्तदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की लगायत ३० जना कर्मचारी तथा विभिन्न व्यक्तिहरुले रक्तदान गरेका थिए । ‘रक्त दान जीवन दान’ भन्ने मूलमन्त्रलाई आत्मसाथ गरी रक्त दान गर्ने हरुमा बैंकका निर्देशक राजेश शर्मा, कम्पनी सचिव दिपक प्रसाद पाण्डे, उपनिर्देशक मोतिराम अधिकारी, खगेन्द्र प्रसाद अर्याल, कुमार बहादुर सिंह, बरिष्ठ अधिकृत शिरोज नेपाल, अधिकृत दिपक प्रसाद न्यौपाने, मधुसुदन पोख्रेल,सहायक अधिकृत अर्जुन प्रसाद आचार्य, बालकृष्ण गैरे, देबेन्द्र अधिकारी, ब.स कुमार प्रसाद दाहाल, भोला बराल,रमेश दाहाल, तिर्थ बहादुर कटुवाल, प्रधान चालक यान बहादुर थापा, ब.का.स दिपक प्रसाद भण्डारी, चालक दुर्गा चौधरी, का.स माया भण्डारी,सुरक्षा गार्ड त्रिवेणी प्रसाद प्रजापति, पुष्कर प्रजापति, केन्द्र प्रमुख पार्वती कार्की थिए । यसैगरी बिदुर पाण्डे,चिन्तामणी ज्ञवाली,समिम कुरैसी लगायका व्यक्तिहरुले पनि रक्तदान गरेका थिए ।
त्यस्तै बैंकले तेश्रो वार्षिक उत्सव कै अवसरमा साउन ३० गते शंकरनगर वनवाटिका परिसरमा वृक्षारोपण, ३० गते विहान बृद्धाश्रममा खाद्यान्ह वितरण र दिउ“सो वार्षिककोत्सव समारोहको आयोजना गरेको जनाएको छ ।