जनता बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षमा खुद मुनाफामा ३ सय ८१ दशमलव ९५ प्रतिशत वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षमा १३ करोड ३६ लाख रुपैयाँ मात्रै खुद मुनाफा आर्जन गरेको जनताले गत आर्थिक वर्षमा ६४ करोड १८ लाख रुपैयाँ नाफा गरेको हो ।
६ अर्ब ९९ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १ अर्ब ८२ करोड १९ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेपमा १०१ दशमलव ८२ प्रतिशत वृद्धि गरी ४८ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ संकलन गरेर कर्जा प्रवाहमा ४५ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनाभन्दा १२५ प्रतिशतले वृद्धि गरेको हो । त्यस्तै खुद व्याज आम्दानी ५३ दशमलव ०१ प्रतिशतले बढेर १ अर्ब १४ करोड ३७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २ सय ६७ दशमलव ०८ वृद्धि गरी ५९ करोड १९ लाख रुपैयाँ पुर्याएको छ । बैंकले प्रोभिजनमा १७ करोड ७९ लख रुपैयाँ राखिएको छ भने ४१ करोड ८ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।
जनता बैंकको प्रतिशेयर आम्दानी ९ दशमलव १८ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ३१ गुणा, प्रति शेयर नेटवर्थ १ सय २६ दशमलव ०५ रुपैयाँ, तरलता अनुपात २३ दशमलव ५६ प्रतिशत रहेको छ ।
बैंकको निष्कृय कर्जातर्फ शुन्य दशमलव २८ प्रतिशतले घटेर २ दशमलव ०९ प्रतिशत र पूँजीकोष अनुपात ६ दशमलव ६१ प्रतिशतले बढेर १८ दशमलव १६ प्रतिशत रहेको छ ।