नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा शुन्य दशमलव १६ प्रतिशत मात्रै बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा नेपाल बंगलादेश बैंक एक अर्ब १९ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
सात अर्ब २१ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा तीन अर्ब ४९ करोड ३१ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १० दशमलव २५ प्रतिशत वृद्धि गरी ४३ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १५ दशमलव ६२ प्रतिशतले वृद्धि गरी ३७ अर्ब ४६ करोड रुपैयाँ लगानी गरेको छ ।
यो अवधिमा नेपाल बंगलादेश बैंकको खुद व्याज आम्दानी चार दशमलव २४ प्रतिशतले बढेर एक अर्ब ५२ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १६ दशमलव ५८ प्रतिशतले बढेर एक अर्ब ७७ करोड १८ लाख रुपैयाँ पुगेको छ । दुई करोड ५७ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले तीन करोड ९९ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ ।
नेपाल बङ्गलादेश बैंकको निष्कृय कर्जा शुन्य दशमलव ०५ प्रतिशतले बढेर शुन्य दशमलव ७६ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात चार दशमलव ७९ प्रतिशतले बढेर १५ दशमलव ७५ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी वार्षिक २८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४८ रुपैयाँ र तरलता अनुपात ३८ दशमलव ५४ प्रतिशत रहेको छ ।