Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

मेगा बैंकले कमायो ७९ करोड मुनाफा

२०७४ श्रावण २७ गते

मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षमा ७९ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ५५ करोड १० लाख रुपैयाँ कमाएको मेगाले खुद मुनाफामा ४३ दशमलव ५५ प्रतिशतले वृद्धि गरेको हो । 

चार अर्ब ५८ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी भएको मेगा बैंकले जगेडाकोषमा एक अर्ब २८ करोड १४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २६ दशमलव ६६ प्रतिशतले वृद्धि गरी ३८ अर्ब ९३ करोड ६८ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा २५ दशमलव ९२ प्रतिशतले वृद्धि गरी ३४ अर्ब ५९ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी ५३ दशमलव १५ प्रतिशतले बढेर एक अर्ब ७२ करोड ३७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ६४ दशमलव ८६ प्रतिशतले बढेर एक अर्ब १८ करोड ७६ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा १७ करोड ८८ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा ३ करोड ५९ लाख रुपैयाँ उठाएको छ ।

बैंकको निष्कृय कर्जा एक दशमलव ३६ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १४ दशमलव ८७ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १७ दशमलव २७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २६ दशमलव ५२ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २७ दशमलव ९७ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ८९ प्रतिशत रहेको छ ।