Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंक र टर्किस एयसलाइन्सबीच सम्झौता

२०७४ श्रावण २७ गते

प्रभु बैंक लिमिटेड र टर्किस एयरलाइन्सका बीच प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई टर्किस एयरलाइन्समार्फत् हवाइ यात्रा गर्दा लाग्ने टिकट मुल्यमा विशेष सहुलियत उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

उक्त सम्झौता पश्चात् प्रभु बैंक लिमिटेडका Credit Card Holders, Wealth  Customers, Privilege Customers ले टर्किस एयरलाइन्सबाट विश्वको जुनसुकै मुलुकमा हवाई यात्रा गर्दा हवाई टिकेटमा विशेष सहुलियत प्राप्त गर्नुका साथै थप लगेजको सुविधा समेत प्राप्त गर्न सक्नेछन् । यो सुुविधा प्राप्त गर्नको लागि टर्किस एयरलाइन्सबाट हवाई यात्रा गर्नको लागि टिकट खरिद गर्दा सम्बन्धित ग्राहकले प्रभु बैंकबाट जारी गरिएको Credit Card, Wealth Card, Privilege Card मध्ये कुनै पनि कार्ड पेश गर्नु पर्नेछ । 

Ad