सिद्धार्थ बैंक लिमिटेडले भक्तपुरको कमलबिनायकमा नयाँ शाखा कार्यालयको स्थापना गरेको छ । विहीबार एक विशेष समारोहका बीच भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद अवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे । बैंकको सो शाखा कार्यालय मार्फत सम्पुर्ण बैंकिङ सेवाका साथमा एटीएम सेवा पनि उपलब्ध हुने छ ।
यस शाखा समेत बैंकले देशभरि रहेका आप्mना ७२ शाखा, २ एक्स्टेन्सन काउन्टर ९८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ४५० भन्दा बढी पीओएस मार्फत् ग्राहकहरुलाई उच्चस्तरिय बैंकिंग सेवा प्रदान गर्नेछ । आर्थिक वर्ष २०७३/०७४ को श्रावण मसान्तसम्म बैंकले रु. १ अर्ब ४१ करोड खुद मुनाफा आर्जन गर्न सक्षम रह्यो । सोहि अवधीमा बैंकको कुल निक्षेप रु. ७७ अर्ब ३१ करोड र कर्जा लगानी रु. ६७ अर्ब १७ करोड रहेको छ ।


