Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

टुरिजम डेभलपमेन्ट बैंकले सुरु गर्यो अनलाइन आस्वा, सेयर भर्न अब बैंकसम्म पनि धाउन नपर्ने

२०७४ श्रावण २५ गते

टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले धितोपत्र दरखास्त संकलन सम्बन्धी कार्य गर्नको लागि अनलाइन आस्वा प्रणालीको शुरुवात गरेको छ । धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो, छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरीद गर्न सक्ने व्यवस्था गर्ने उद्देश्य रहेको यस प्रणालीमा, टुरिजम डेभलपमेन्ट बैंकमा खाता खोलेका ग्राहकहरुले इन्टरनेट बैंकिङ्गमार्फत घरमै बसीबसी आवेदन दिन सक्नेछन् । इन्टरनेट बैंकिङ्ग मार्फत प्राप्त निवेदनको आधारमा बैंकले खातामा रकम रोक्का राखी सेयर आवेदन स्विकार गर्ने छ । सेयर बाँडफाँड पश्चात बाँडफाँड भएको रकम खातामा खर्च लेखी बाँकी रकम फुकुवा गरिने छ ।