Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२० करोडको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैँक

admin २०७३ बैशाख १२ गते
सेयर:

nepal-rastra-bank photoनेपाल राष्ट्र बैंकले वैशाख १५ गते २० करोड रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । बैंकले सात दिने अवधिको रिभर्स रिपो विक्रि गर्न लागेको हो । बैशाख २२ गते परिपक्व हुने गरी विक्रि गर्न लागिएको रिपो खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले सहभातिा जनाउन सक्ने राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी वैशाख १३ गते ५० करोड रुपैयाँको ट्रेजरी बिक्रि गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । यसअघि गत हप्ता राष्ट्र बैंकले ९१ दिने अवधिको ३ सय करोड र १ सय ८२ दिने अवधिको २ सय २५ करोड रुपैयाँको ट्रेजरी बिक्रि गरेको थियो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।