२०७४ श्रावण २२ गते

एनआईसी एशिया बैंकको आस्वा सेवा अनलाइनबाटै

आफ्नो २०औं वार्षिकोत्सवको समय पारेर एनआईसी एशिया बैंक लिमिटेडले अनलाइन आस्वा सेवा सुरु गरेको छ । गत माघ देखि आस्वा प्रणालीमा सहभागी भई आफ्नो सम्पूर्ण शाखाहरु बाट आस्वा सेवा मार्फत शेयर आवेदन लिने गरेको बैंकले आइतबार (साउन २२ गते)देखि अनलाइन आस्वा सुरु गरेको हो ।

ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्रयोग गरि विनाकुनै शुल्क सहज रुपमा बैंकमा नै उपस्थित नभईकन अनलाइन आस्वा सेवा मार्फतआइपिओ, एफपिओ तथा म्युचुअल फण्डहरुमा आवेदन दिन सक्नुहुनेछ । साथै बैंकले संचालन माल्याएको आर्कषक व्याजदर भएको कुनै पनि बचत खाताखोली शुरुमा निशुल्क रुपमा मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।