एनआईसी एशिया बैंकको २० औं बर्ष प्रवेशको अवशरमा लुम्बिनी क्षेत्रीय कार्यालय बुटवलको आयोजना तथा भुमही शाखा कार्यालयको संयोजनमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले शनिवार नवलपरासी जिल्ला सुनवल नगरपालिका स्थित बिष्णु पाण्डे स्मृती प्रतिष्ठानको परिसरमा करिब १००० विरुवाहरुको वृक्षारोपण गरेर वातावरणीय सन्तुलनमा योगदान पुर्याएको हो ।
बैंकको २० औं बर्ष प्रवेशको यस अवशरमा देशभरी रहेका आफ्ना शाखा कार्यालयहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपण एवं संरक्षणका लागि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्दै आएको छ । यस्तो वृक्षारोपणबाट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मार्फत वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पुर्याउने विश्वास लिएको छ । सोहि अवसरमा सुनवल नगरपालिकाका नगर प्रमुख श्री भिम बहादुर थापा (भरत) ज्यु को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो, साथै सोही नगरपालिकाका उप प्रमुख तथा बिभन्न वडा का वडाध्यक्ष ज्यु हरुको उपस्थित रहेको थियो । सोहि अवरमा बोल्दै प्रमुख अतिथी थापा ले बैंकले गरेको यस वातवरणिय संरक्षणको पहललाई नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा यस बैंकका लुम्बिनी क्षेत्रीय कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले बैंक ले २० औं बार्षिक उत्सवको अवसरमा देसभरी भएका कार्यक्रमहरुलाई जानकारी गराउँदै, बैंकको आगामी कार्ययोजना अन्र्तगत यस आर्थिक बर्षमा देश भरी करीब कुल शाखा सञ्जाल २०० भन्दा बढी, ४०० भन्दा बढी ए.टि.एम, २०० भन्दा बढी शाखा सहित बैंकिङ्ग सेवा प्रदान गर्ने, रेमिट्यान्स पेआउट एजेन्ट संख्या १०,००० भन्दा बढी पुर्याउने र २,००० भन्दा बढी पि.ओ.एस. हुने लक्ष्य राखेको बताउनु भएको थियो । बैंकले हाल प्रदान गरेको सुबिधा अन्र्तगत इन्टरनेटको माध्यमबाट कर्जा योग्यता हेर्न मिल्ने तथा कर्जा स्वीकृतीको प्रक्रियाबारे जानकारी लिन सकिने सुविधा नेपालमा नै पहिलो पटक यस बैंकले उपलब्ध गराइसकेको छ । विद्युतीय बैंकिङलाई अझै शसक्त तथा प्रभावकारी रुपमा अघि बढाउँदै आफ्ना ग्राहकहरुलाई नविनतम् सुविधाहरु प्रदानगर्न बैंक कटिबद्ध रहेको बताउनुभयो । यसै क्रममा पूर्णतया अनलाइन आस्वा प्रणाली मार्फत शेयर आवेदन, पूर्ण तया अनलाइन खाताखोल्न सकिने सुविधा समेत उपलब्ध गराई सकेको छ भने, छिटो छरितो कर्जा स्वीकृतीको लागि Score Card Model लागु गर्ने प्रक्रियाअन्तिम चरणमा रहेको छ । उक्त बृक्षारोपण कार्यक्रम यसै बैंकका कर्मचारी श्री राजिव गौतमको सञ्चालनमा र बैंकका कर्मचारी तथा स्थानियको उपिस्थतीमा सम्पन्न भएको थियो ।