Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१० अर्बपति बैंकहरु : गत आर्थिक वर्षमा कुनको प्रगति कस्तो ?

admin २०७४ श्रावण २१ गते
सेयर:

हाल सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुमध्ये, १० वटाले गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरिसकेका छन् । सो विवरणअनुसार, सबै बैंकको नाफा बढेको छ । सबैको नाफा अर्बमा छ । नविल बैंकको नाफाले त इतिहास नै रचेको छ । बैंकले साढे तीन अर्बभन्दा बढी नाफा कमाएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकको नाफा दुई अर्ब नाघेको छ । समग्रमा हेरौँ आठ वटै बैंकको वित्तीय विवरण :

नविल बैंक लिमिटेड
नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षमा कमालको प्रगति गरेको छ । खुद मुनाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा २८ दशमलव ४२ प्रतिशत वृद्धि गरेर बैंकले तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष नविलले दुई अर्ब ८१ करोड ९३ लाख रुपैयाँ कमाएको थियो ।

छ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा नौ अर्ब तीन करोड तीन लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा अघिल्लो वर्षको तुलनामा ७ दशमलव २७ प्रतिशतले वृद्धि गरी एक खर्ब १८ अर्ब ८९ करोड ६१ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा १८ दशमलव १८ प्रतिशतले वृद्धि गरी ९१ अर्ब ४९ लाख रुपैयाँ लगानी गरेकोे छ । 

बैंकको खुद व्याज आम्दानी २६ दशमलव २१ प्रतिशतले बढेर पाँच अर्ब ४५ करोड ९५ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकको सञ्चालन मुनाफा २५ दशमलव ७८ प्रतिशतले बढेर पाँच अर्ब ४६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा एक करोड ९३ लाख रुपैयाँ राखेको छ भने चार करोड २९ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । 

असार मसान्तसम्ममा नविल बैंकको प्रतिसेयर आम्दानी वार्षिक ५८ दशमलव ५४ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात २६ दशमलव ०२ गुणा, प्रतिसेयर नेटवर्थ दुई सय ४६ रुपैयाँ र तरलत अनुपात २५ दशमलव ८४ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको पुँजीकोष अनुपात १ दशमलव ६१ प्रतिशतले बढेर १३ दशमलव ३४ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ३५ प्रतिशतले घटेर १ दशमलव १४ प्रतिशत कायम भएको छ ।

ग्लोबल आईएमई बैंक लिमिटेड
गत आर्थिक वर्षमा ग्लोबल आईएमई बैंकको नाफा दुई अर्ब नाघेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ७० अर्ब बढी नाफा कमाएको हो । अघिल्लो वर्ष पहिलोपटक अर्बपति क्लबमा प्रवेश गरेको बैंकको नाफा गत आर्थिक वर्षमा दुई अर्ब छ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो बैंकको नाफा एक अर्ब ३८ करोड रुपैयाँ थियो ।

सो अवधिमा बैंकले एक खर्ब एक अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष बैंकले ३ अर्ब ६४ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षकोभन्दा ७६ अर्ब रुपैयाँले बढी हो । त्यस्तै गत वर्ष बैंकले संभावित जोखिम व्यवस्थाका लागि छुटइएको रकममध्ये ३९ करोड रुपैयाँ फिर्ता (राइटब्याक) गरेको छ । त्यसैगरी, विदेशी मुद्राको कारोबारबाट बैंकले २८ करोड रुपैयाँ आम्दानी गरेकोछ भने फि एण्ड कमिशनबाट ४१ करोड रुपैयाँ कमाएको छ ।

बैंकले संभावित जोखिमको व्यवस्थापन गर्न ३६ करोड ६६ लाख रुपैयाँ छुट्याएको छ । बैंकले प्रवाह गरेको कूल कर्जामध्ये १.७५ प्रतिशत कर्जा मात्रै निस्क्रिय भएको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २२ पैसा रहेको छ । आर्थिक बर्षको अन्त्यतिर बैंकले रिलायवल डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको थियो । बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

प्रभु बैंक लिमिटेड​
प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब ७५ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३ दशमलव २७ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्ष बैंकले एक अर्ब १४ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

पाँच अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा दुई अर्ब ५ करोड रुपैयाँ राखेको छ । एक वर्षमा बैंकले निक्षेपमा ३५ प्रतिशतले वृद्धि गरि ८१ अर्ब ३४ करोड ९५ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा २७ दशमलव ०८ प्रतिशतले वृद्धि गरी ६१ अर्ब ९७ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी २८ दशमलव ५० प्रतिशतले बढेर दुई अर्ब ५२ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५६ प्रतिशतले बढेर एक अर्ब ३६ करोड ९७ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ३४ करोड रुपैयाँ नोगेटिभमा रहेको छ । यो अवधिमा बैंकले एक अर्ब ७२ करोड १७ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

असार मसान्तसम्ममा प्रभु बैंकको प्रतिसेयर आम्दानी २९ दशमलव ७८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ६३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३४ दशमलव ८८ रुपैयाँ र तरलता अनुपात ३० दशमलव २५ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा चार दशमलब ०९ प्रतिशतले घटेर चार दशमलव २९ प्रतिशत कायम भएको छ भने पूँजीकोष अनुपात एक दशमलव ०८ प्रतिशतले घटेर ११ दशमलव ०५ प्रतिशत कायम भएको छ । 

एनएमबि बैंक लिमिटेड
एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षमा डेढ अर्बभन्दा बढी मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ दशमलव ५४ प्रतिशत प्रगति हासिल गर्दै एक अर्ब ५१ करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा एनएमबिले एक अर्ब ११ करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

छ अर्ब ४६ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा चार अर्ब २६ करोड ९४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १३ दशमलव ०३ प्रतिशत वृद्धि गरी ७३ अर्ब २२ करोड ४० लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १५ दशमलव ०९ प्रतिशतले वृद्धि गरी ६१ अर्ब २१ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २७ दशमलव ५७ प्रतिशतले बढेर दुई अर्ब ५६ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५९ दशमलव ८७ प्रतिशतले बढेर एक अर्ब ९८ करोड ४२ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा १८ करोड ३५ लाख रुपैयाँ राखेको छ भने २२ करोड ३५ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव १५ प्रतिशतले घटेर एक दशमलव ६६ प्रतिशत कायम भएको छ भने पुँजीकोष अनुपात दुई दशमलव ८७ प्रतिशतले बढेर १३ दशमलव ८५ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक २७ दशमलव ६९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १९ दशमलव ६८ गुणा, तरलता अनुपात २८ दशमलव १४ प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ६६ दशमलव ०७ रुपैयाँ रहेको छ ।

प्राइम कमर्सियल बैंक लिमिटेड 
प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब ४८ करोड २८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ३२ दशमलव ९१ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा प्राइमले एक अर्ब ११ करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

छ अर्ब ३२ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैकले जगेडाकोषमा तीन अर्ब १२ करोड ६० लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ३५ दशमलव ४१ प्रतिशतले वृद्धि गरी ६५ अर्ब ८६ करोड ५२ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ४२ दशमलव पाँच प्रतिशतले वृद्धि गरी ५७ अर्ब ७१ करोड एक लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी १९ दशमलव ८९ प्रतिशतले बढेर एक अर्ब ९० करोड ४३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४० दशमलव २० प्रतिशतले बढेर दुई अर्ब एक करोड २४ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा २२ करोड दुई लाख रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले १८ करोड ५६ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी २३ दशमलव ४४ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात १७ दशमलव ९६ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४९ दशमलव ४२ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ५६ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ४५ प्रतिशतले घटेर शुन्य दशमलव ७८ प्रतिशत कायम भएको छ भने पूँजीकोष अनुपात एक दशमलव ७६ प्रतिशतले बढेर १३ दशमलव ३६ प्रतिशत पुगेको छ ।

एनआईसी एसिया बैंक लिमिटेड
एनआईसी एसिया बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३८ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्षमा एनआईसी एसियाले एक अर्ब छ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

हाल छ अर्ब ६९ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको निक्षेपमा २४ प्रतिशत वृद्धि गरी ८६ अर्ब ६९ करोड रुपैयाँ स्रकलन गरेको छ भने कर्जातर्फ २२ दशमलव ४६ प्रतिशत बढाएर ७१ अर्ब ५८ करोड रुपैयाँ लगानी गरेको छ । उक्त अवधिमा बैंकको सञ्चालन मुनाफा २३ दशमलव ४३ प्रतिशतले बढेर एक अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको पुँजी कोष अनुपात १३ दशमलव ९५ प्रतिशत रहेको छ । बैंकले गत आर्थिक वर्षमा खराब कर्जा अनुपात एक वर्षमा शून्य दशमलव ३६ प्रतिशतमा झारेको छ । अघिल्लो वर्ष बैंकको खराब कर्जा अनुपात शून्य दशमलव ७६ प्रतिशत थियो । बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ रहेको छ ।

सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब ४१ करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा १२ दशमलव ९९ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्षमा सिद्धार्थले एक अर्ब २५ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

छ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ३ अर्ब २८ करोड ४० लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा १९ दशमलव ०७ प्रतिशत वृद्धि गरी ७७ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ६६ अर्ब छ करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २५ दशमलव ३१ प्रतिशतले बढेर दुई अर्ब ६५ करोड ३७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ११ दशमलव ९१ प्रतिशतले बढेर एक अर्ब ८५ करोड सात लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ३२ करोड ९२ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा २८ करोड ६२ लाख रुपैयाँ उठाएको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३२ प्रतिशतले घटेर एक दशमलव १५ प्रतिशत र पुँजकिोषको अनुपात एक दशमलव ९१ प्रतिशतले बढेर १३ दशमलव १६ प्रतिशत कायम भएको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक २१ दशमलव ३९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव ६७ गुणा, प्रतिसेयर नेटवर्थ १४९ दशमलव ५४ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ०६ प्रतिशत रहेको छ ।

सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७३।७४ मा एक अर्ब ३० करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष ९९ करोड ६० लाख रुपैयाँ कमाएको सानिमाले खुद मुनाफामा गत वर्ष ३० दशमलव ५३ प्रतिशत प्रगति हासिल गरेको हो ।

छ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको सानिमा बैंकले जगेडाकोष झन्डै साढे दुई गुणाले वृद्धि गरी दुई अर्ब १६ करोड चार लाख रुपैयाँ राखेको छ । निक्षेपमा गत वर्षको सोहि अवधिको तुलनाभन्दा २५ दशमलव ४२ प्रतिशतले वृद्धि गरी ५८ अर्ब २२ करोड ८४ लाख रुपैयाँ संकलन गरेर ५१ अर्ब २६ करोड ५४ लाख रुपैयाँ कर्जामा लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ३० दशमलव १९ प्रतिशतले बढेर दुई अर्ब २४ करोड २१ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी सञ्चालन मुनाफा ३५ दशमलव २५ प्रतिशतले बढेर एक अर्ब ९९ करोड ९३ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा १३ करोड २० लाख रुपैयाँ राखिएको छ भने खराब कर्जा ३३ लाख रुपैयाँ उठाएको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ०१ प्रतिशत, पूँजीकोष अनुपात १५ दशमलव ५५ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १८ दशमलव ८५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २२ दशमलव ८७ गुणा, प्रतिशेयर नेटवर्थ १३१ दशमलव ३२ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ०८ प्रतिशत रहेको छ । 

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब २१ करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव शून्य एक प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्षमा सिटिजन्सले एक अर्ब आठ करोड तीन लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

छ अर्ब ९२ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडा कोषमा दुई अर्ब ९२ करोड १६ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ११ दशमलव २३ प्रतिशतले वृद्धि गरी ५२ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा १८ दशमलव ५१ प्रतिशतले वृद्धि गरी ४८ अर्ब सात करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी आठ दशमलव शून्य नौ प्रतिशतले बढेर एक अर्ब ७५ करोड तीन लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १२ दशमलव ६२ प्रतिशतले बढेर एक अर्ब २४ करोड ९५ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजमा ३१ करोड ३४ लाख रुपैयाँ राखिएको छ भने खराब कर्जा ९० करोड १३ लाख रुपैयाँ उठाएको छ ।

सिटिजन्स इन्टरनेसनल बैंकको पुँजी कोषको अनुपात १६ दशमलव ९१ प्रतिशत, निष्कृय कर्जा १ दशमलव २८ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १७ दशमलव ४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३६ दशमलव ५१४ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २३ दशमलव ०५ गुणा र तरलता अनुपात २२ दशमलव ८७ प्रतिशत गरेको छ ।

सनराइज बैंक लिमिटेड
यसपालीदेखि अर्वपति क्लबमा सनराइज बैंक लिमिटेड थपिएको छ । गत आर्थिक वर्षमा एक अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्दै सनराइजले अर्वपति क्लबमा प्रवेश गरेको हो । अघिल्लो आर्थिक वर्षमा ९५ करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकले २२ दशमलव ८१ प्रतिशत प्रगति गर्दै खुद मुनाफा एक अर्ब नघाएको हो । 

सात अर्ब एक करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा दुई अर्ब ३१ करोड ५० लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा १८ दशमलव १२ प्रतिशतले वृद्धि गरी ६१ अर्ब एक करोड ३२ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ १८ दशमलव २४ प्रतिशतले वृद्धि गरी ५१ अर्ब ७३ करोड रुपैयाँ लगानी गरेको छ । 

यो अवधिमा बैंकको खुद व्याज आम्दानी ४५ दशमलव ८४ प्रतिशतले बढेर दुई अर्ब १९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा ६६ दशमलव ८० प्रतिशतले बढेर एक अर्ब ५९ करोड ३३ लाख रुपैयाँ पुगेको छ । १९ करोड ४६ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा २७ करोड १५ लाख रुपैयाँ राखेको छ ।

असार मसान्तसम्मा प्रतिसेयर आम्दानी १६ दशमलव ६६ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात २३ दशमलव ७७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३२ दशमलव ९९ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ३२ प्रतिशत रहेको छ । बैंकको पुँजीकोषको अनुपात १५ दशमलव २० प्रतिशत रहेको छ भने निष्कृय कर्जा एक दशमलव ३७ प्रतिशत रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।