ओम डेभलपमेन्ट बैंक लिमिटेडमा जागीरका लागि एप्लाई गर्ने म्याद सकिन अब तीन दिन मात्र बाँकी छ । आउने सोमबार बैंकिङ समयभित्र गरिएका आवेदन मात्रै मान्य हुने बैंकले जनाएको छ । ओमले उपत्यकाभित्र र बाहिरका लागि ६३ जना कर्मचारी माग गरेको छ । बैंकले १३ जना शाखा प्रबन्धक र ५० जना एसिस्टेन्ट तथा प्रशिक्षार्थी एसिस्टेन्ट माग गरेको हो । एसिस्टेन्ट पदका लागि बैंकले अनुभव मागेको छैन ।

