Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ रोजगारीका लागि छुट्नुभयो कि ? चार वटा बैंकमा म्याद अझै बाँकी

admin २०७४ श्रावण १९ गते
सेयर:

एनआईसी एसिया बैंकमा जागीरका लागि एप्लाई गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले विभिन्न पदमा १८८ जना कर्मचारी माग गरेको थियो । यसबाहेक, दुई वटा वाणिज्य बैंक र दुई वटा विकास बैंकले कर्मचारी माग गरिएका छन् । 

सनराइज बैंक लिमिटेडले १७ जिल्लाका विभिन्न १९ गाउँपालिकामा निकट भविष्यमा नै खुल्न लागेका शाखाहरुमा नियुक्त गर्नका लागि ठूलो संख्यामा प्रशिक्षार्थी कर्मचारी माग गरेको छ । तीनदेखि छ महिनासम्म व्यवहारिक कार्यगत अनुभवसहित दक्ष बनाई तोकिएको शाखा सञ्चालनमा आएपछि पदस्थापन गर्ने गरि प्रशिक्षार्थी कर्मचारी माग गरेको बैंकले जनाएको छ । राष्ट्र बैंकले सबै स्थानीय तहमा शाखा खोल्न निर्देशन दिएपछि सोको तयारीस्वरुप बैंकले आफ्ना कर्मचारीलाई आफैँ दक्ष बनाउन लागेको हो । प्रविणता तह उतीर्ण गरेको र उमेर २८ वर्ष ननाघेका उम्मेदवारले आफूले चाहेबमोजिमको पदमा दरखास्त दिन सक्नेछन् । अनुभव भएकाहरुले पनि आवेदन दिन पाउने बताइएको छ । बैंकले आवेदन दिने अन्तिम मिति तोकेको छैन । आफूले दरखास्त दिने पद छनौट गरी आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://wwww.sunrisebank.com.np/career/

सिभिल बैंक लिमिटेडले ५० जना कर्मचारी माग गरेको छ । बैंकले प्रशिक्षार्थीको रुपमा एसिस्टेन्ट र मेनेजमेन्ट तहमा कर्मचारी नियुक्त गर्न लागेको हो । प्रवीणता तह उतीर्ण गरेका र बैंकिङ क्षेत्रमा करिअर बनाउन चाहनै जोसुकैले पनि एप्लाइ गर्न सक्नेछन् । यी पदका लागि बैंकले अनुभव पनि मागेको छैन । मेनेजमेन्ट प्रशिक्षार्थीमा १० जना र प्रशिक्षार्थी एसिस्टेन्टमा ४० जनालाई नियुक्ति दिइने बैंकले जनाएकोछ । एप्लाई गर्ने म्याद ८ अगस्टसम्म रहेको छ । थप जानकारी चाहिएमा तथा अनलाइनबाट एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.growthsellers.com/job/detail/644

विकास बैंकहरुमा पनि अवसर
ओम डेभलपमेन्ट बैंक लिमिटेडले उपत्यकाभित्र र बाहिरका लागि ६३ जना कर्मचारी माग गरेको छ । बैंकले १३ जना शाखा प्रबन्धक र ५० जना एसिस्टेन्ट तथा प्रशिक्षार्थी एसिस्टेन्ट माग गरेको हो । एसिस्टेन्ट पदका लागि बैंकले अनुभव मागेको छैन । एप्लाई गर्ने म्याद ७ अगस्टसम्म रहेको छ ।

तिनाउ डेभलपमेन्ट बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च मेनेजर, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट (जुनियर, ट्रेनी) र मेरेन्जर पदमा कर्मचारी नियुक्त गर्न लागेको हो । आवेदन बुझाउनका लागि बैंकले ५ अगस्टसम्मको समय दिएको छ । बैंकले पदअनुसारको शैक्षिक योग्यता, अनुभव र उमेर हद पनि तोकेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।