Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

समयमा नै फोरजी सेवा सुरु गर्न सकेन स्मार्टले, थप समयको माग

२०७४ श्रावण १६ गते

आइतबार (साउन १५)देखि सुरु हुने भनिएको स्मार्ट टेलिकमको फोरजी सेवा तत्काल सुरु नहुने भएको छ । कम्पनीले आफूले तत्काल फोरजी सेवा सुरु गर्न नसक्ने भन्दै म्याद थपका लागि नियमक निकाय दुरसञ्चार प्राधीकरणमा निवेदन दिएको छ । स्मार्टले सिमित मात्रामा मात्र बिटिएस टावर उपकरण आयात गर्न सकिएको र अझै उपकरण आयात गर्न आवश्यक रहेको भन्दै तोकिएको समयमा सेवा संचालन गर्न नसकिने बताएको छ । फोरजी सुरु गर्नका लागि स्मार्टले दुई महिना समय मागेको छ ।