July 29th, 2017

अब स्मार्ट फोरजी सेवा, (के के छन् फाइदा)

छिटै नै स्मार्ट टेलिकमका प्रयोगकर्ताले पनि फोरजी सेवाको मजा लिन पाउने भएका छन् ।  फोरजी सेवा सञ्चालन गर्ने अनुमति पाएको स्मार्टले यही साउन १५ गतेदेखि फोरजी सेवा सुरु गर्दैछ । 

नेपाल दुरसंचार  प्राधिकरणको बोर्ड बैठकले स्मार्टलाई १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता बमोजिम सेवा संचालन गर्न स्वीकृति दिएको छ । कम्पनीले नेपालरभर सेवा संचालन गर्नेछ । स्मार्टले प्रत्येक ३ महिनामा कार्यप्रगति बिबरण प्राधिकरणमा पेश गर्नुपर्ने छ भने क्षेत्र बिस्तार तथा गुणस्तरका सम्बन्धमा प्राधिकरणले समय समयमा दिइने निर्देशन पालना गर्नुपर्नेछ । स्मार्टसमेत गरी हालसम्म तीन कम्पनीले फोरजी सेवा सञ्चालन गर्ने अनुमति पाएका छन् ।  यसअघि सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले यस्तो सेवा संचालनको अनुमति पाइसकेका छन् ।

केके छन् फोरजीका फाइदा ?
फोरजी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रिडी टेलिभिजन, क्लाउड कम्प्युटिङ लगायतका सेवा प्राप्त गर्न सकिन्छ । भिडियो, भ्वाइस, तस्वीर, ग्राफिक्सलगायत उच्च गतिको इन्टरनेट चाहिँदा फोरजी प्रयोग गर्नुपर्छ भने सामान्य अवस्थामा थ्रिजी नै उपयुक्त हुन्छ ।

सुधारिएको स्पिडमा इन्टरनेट चलाउन र मोबाइल डाटामै लाइभ भिडियो हेर्न सकिने बताइएको फोरजी प्रयोग गर्न सर्वसाधारणले यसअघिको थ्रिजीभन्दा महँगो शुल्क तिर्नुपर्नेछ भने फोरजी सपोर्ट गर्ने मोबाइल, ट्याब्लेटलगायतका ह्यान्डसेट किन्नुपर्नेछ । फोरजीका लागि मोबाइल डिभाइसहरु पनि फोरजी सपोर्टेड हुनुपर्छ । यसअघि नेपाली बजारमा थ्रिजी नेटवर्क सपोर्ट गर्ने मोबाइल, ट्याब्लेट लगायतका डिभाइस भित्रिन्थे । तुलनात्मक रुपमा केही बढी शुल्क पर्ने फोरजी मोबाइलमा मात्रै यस्तो सेवा लिन सकिन्छ । 

फोरजीबाट भिडियो कललगायतका सेवा लिन सकिने भएपछि तुलनात्मक रुपमा यसको शुल्क बढी नै हुन्छ । अहिले नेपाल टेलिकम, एनसेलले भोलुमबेस्ड प्याकेजहरु पनि ल्याएका छन् । यो तुलनात्मक रुपमा महँगो छ । यसमा इन्टरनेशनल ब्यान्डविथ पनि गाँसिएको छ । यसमा लोकल स्पेक्टर्म र लाइसेन्सलगायतका कुरा पनि गाँसिन्छन् । भोलुम बढ्दै गयो भने प्राइस पनि स्वभावैले घट्छ । 

थ्रिजी सर्भिस नै महँगो मान्ने ग्राहकका लागि फोरजी अझ कठिनाइ बन्न सक्छ । शुल्क बढी लाग्ने कारण नेपालीहरुले आनाकानी नगरी फोरजी चलाउनेमा विश्वस्त हुन सकिँदैन । तर, विस्तारै फोरजी अनुकूलको एप्लिकेशन र माग बढ्दै गए यो सस्तो पर्न सक्छ । सेवाप्रदायकले प्राइस सन्तुलनमा नल्याउँदासम्म ग्राहकले ननप्रडक्टिभ वा मनोञ्जनका लागि फोरजी कमै चलाउने आँकलन गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]