एनआईसी एशिया बैंक लिमिटेडले भक्तपुर जिल्ला स्थित काठमाडौं मेडिकल कलेजको परिसरमा करिब ३०० विरुवाहरुको वृक्षारोपण गरेको छ । बैंकले आफ्नो सेवाको १९ बर्ष पार गरी २० औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर उक्त वृक्षरोपण गरेको हो । हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पुर्याउने उद्देश्यले वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको बैंकका प्रमु कार्यकारी अधिकृत लक्ष्मण रिसालले बताए ।
एनआईसी एशिया बैंकले देशभरी रहेका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको छ । यसै क्रममा बैंकले हालसम्म करिब ८००० विरुवाहरुको वृक्षरोपण गरि वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पुर्याइसकेको छ ।