दुइ विकास बैंकले कर्मचारी माग गरेका छन् । ओम डेभलपमेन्ट बेंक र तिनाउ विकास बैंकले कर्मचारी मागेका हुन् । ओम डेभलपमेन्ट बैंक लिमिटेडले उपत्यकाभित्र र बाहिरका लागि ६३ जना कर्मचारी माग गरेको छ । बैंकले १३ जना शाखा प्रबन्धक र ५० जना एसिस्टेन्ट तथा प्रशिक्षार्थी एसिस्टेन्ट माग गरेको हो । एसिस्टेन्ट पदका लागि बैंकले अनुभव मागेको छैन । एप्लाई गर्ने म्याद ७ अगस्टसम्म रहेको छ ।
त्यसैगरी तिनाउ डेभलपमेन्ट बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च मेनेजर, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट (जुनियर, ट्रेनी) र मेरेन्जर पदमा कर्मचारी नियुक्त गर्न लागेको हो । आवेदन बुझाउनका लागि बैंकले ५ अगस्टसम्मको समय दिएको छ । बैंकले पदअनुसारको शैक्षिक योग्यता, अनुभव र उमेर हद पनि तोकेको छ ।
