Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

तिनाउ विकास बैंकले कमायो नौ करोड ६७ लाख मुनाफा

२०७४ श्रावण ६ गते

तिनाउ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा नौ करोड ६७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २० दशमलव ६५ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्षमा बैंकले आठ करोड एक लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

४६ करोड आठ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १४ करोड ४३ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा १८ दशमलव ५२ प्रतिशतले वृद्धि गरी तीन अर्ब ८९ करोड ७८ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ तीन अर्ब २४ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ५४ दशमलव १३ प्रतिशतले बढेर २० करोड ५८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५७ दशमलव १४ प्रतिशतले बढेर १४ करोड ३० लाख रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकले ७५ लाख रुपैयाँ खराब कर्जा उठाएको छ भने प्रोभिजनमा भने एक करोड ८६ लाख रुपैयाँ राखेको छ । 

बैकको पूँजीकोषको अनुपात १६ दशमलव २९ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ७५ प्रतिशत, प्रति शेयर आम्दानी वार्षिक २१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३१ दशमलव ३२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १५ दशमलव ६८ गुणा र तरलता अनुपात २९ दशमलव १६ प्रतिशत गरेको छ ।
 

Ad