April 21st, 2016

१३ अर्बको विकास ऋणपत्र विक्रि

nepal-rastra-ban11नेपाल राष्ट्र बैँकले १३ अर्ब रुपैँयाको विकास ऋणपत्र विक्रि गरेको छ । परिपक्व हुने अवधि १३ वर्ष तोकिएको विकास ऋणपत्र २०८६ विहिबार विक्रि गरिएको हो । प्रतिष्पर्धी समूहलाई ८० प्रतिशत अर्थात् १० अर्ब ४० करोड रुपैँया र अप्रतिष्पर्धी समूहलाई २० प्रतिशत अर्थात् २ अर्ब ६० करोड रुपैँयाको विकास ऋणपत्र विक्रि गरिएको नेपाल राष्ट्र बैँकले जनाएको छ ।  

राष्ट्र बैँकका अनुसार अर्धवार्षिक रुपमा व्याजदर भुक्तानी हुने र बोलकबोलको माध्यमद्धारा व्याजदर निर्धाण हुने ऋणपत्रको सावाँ भुक्तानी अवधि भने वि.सं. २०८६ साल वैशाख १० गते रहेको छ । 

यसअघि, अघिल्लो बुधबार राष्ट्र बैँकले ५० करोड रुपैँयाको रिभर्स रिपो विक्रि गरेको थियो भने आगामी वैशाख १३ गते ५० करोड रुपैँयाको ट्रेजरी विक्रि गर्ने तयारी गरेको छ ।