Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कसमस डेभलपमेन्ट बैंक सांग्रिलामा गाभियो  

२०७४ असार ३० गते

सांग्रिला डेभलपमेन्ट बैंकले कसमस डेभलपमेन्ट बैंकलाई एक्विजिशन गरी शुक्रबार एकिकृत कारोबार  शुभारम्भ गरेको छ । राष्ट्रिय स्तरको विकास वैक सांग्रिलाले १ जिल्ला कार्यक्षेत्र भएको कसमसलाई एक्विजिशन गरी शुक्रबाट एकिकृत कारोबार शुरु गरेको हो । शुक्रबार एक समारोहकाबीच सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा.रबीन्द्रप्रसाद श्रेष्ठ तथा कसमस डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा टेकनाथ ढकालले संयुुक्त रुपमा एकिकृत कारोबारको शुभारमभ गरे । 

कसमसलाई प्राप्ति पश्चात सांग्रिलाको चुुक्ता पूँजी १ अर्व ३५ करोड ८४ लाख रुपैयाँ पूगेको छ ।  चुुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ का दरले हकप्रद शेयर निष्कासन गर्ने बैंकको १२ औं बार्षिक साधारण सभाको निर्णय बमोजिम हकप्रद शेयर निष्कासन पश्चात चुुक्ता पूँजी २ अर्व ४४ करोड ५२ लाख रुपैयाँ हुुने बैकका कायम मुुकायम प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।  

चालु आ.ब.२०७३÷७४ को बाड्न मिल्ने कोष तथा मुनाफाबाट करिव ३० करोड बराबरको बोनश शेयर वितरण पछि बैंकको चुक्ता पूँजी नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम राष्ट्रिय स्तरको विकास बैंकलाई चाहिने २ अर्व ५० करोड रुपैयाँ पुग्ने बताइएको छ ।  प्राप्ति पश्चात आ.ब.२०७३÷७४ को तेस्रो त्रैमासिक विवरण अनुसार बैकको निक्षेप रु. १२ अर्व ४० करोड तथा कर्जा रु. ११ अर्व ४१ करोड रहेको छ । बैकका शाखा संख्या ३५ वटा, १ वटा एक्सटेन्सन काउन्टर तथा ६ वटा लघुबित्त शाखा रहेको बैकका का.मुु.प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

Ad