Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंक लिमिटेड र राम्रो रेमिट बीच विप्रेषण सम्झौता

२०७४ असार २९ गते

कुमारी बैंक लिमिटेड र राम्रो रेमिट प्रा.लि. का बीच विश्वका विभिन्न मुलुकबाट श्रम गरी आर्जन गरेर पठाएको विप्रेषणको भुक्तानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार राम्रो रेमिट मार्फत विश्वका विभिन्न मुलुकबाट आएको विप्रेषणको रकम अब कुमारी बैंकले आफ्ना ७४ शाखा कार्यालयहरु र ५ हजारभन्दा बढी कुमारी रेमिटका ऐजन्ट मार्फत सम्बन्धित व्यक्तिहरुलाई भुक्तानी गर्नेछ । 

सम्झौतामा कुमारी बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत राजेश श्रेष्ठ र राम्रो रेमिट प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले हस्ताक्षर गरे ।
 

Ad